दशौं राष्ट्रव्यापी वाटर रकेट इभेन्ट, २०१८ मा उडाइए २०० वाटर रकेट

 साउन २७, २०७५ आइतबार २०:५२:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - काठमाडाैंकाे सेलिब्रेसन को-एड स्कूलमा आयोजित दशौं राष्ट्रव्यापी वाटर रकेट इभेन्ट २०१८ मा ६ जना उत्कृष्ट रकेट प्रक्षेपक विद्यार्थीको छनौट  गरिएकाे छ ।

कार्यक्रम नेपाल वैज्ञानिक अनुसन्धान केन्द्र (नेसार्क) को आयोजना तथा विज्ञान शिक्षक समाज नेपाल-स्टानको संयोजन तथा सह आयोजनामा शनिबार सम्पन्न भएकाे हाे ।

इभेन्टमा उत्कृष्ट छानिएका ६ विद्यार्थी आउँदाे नोभेम्बरमा सिङ्गापुरमा हुने एसिया प्यासिफिक (ए पि आर साफ) च्याम्पियनसिपमा प्रतियोगी भएर जाने जानकारी नेसार्कका अध्यक्ष इन्जिनियर कृष्णराज अधिकारीले बताउनुभयो ।

स्टान केन्द्रिय अध्यक्ष खिलकुमार प्रधानले यस्ता क्रियाकलापले विज्ञान शिक्षालाई विद्यार्थीको दैनिक जीवनसँग जोड्न मद्दत गर्ने र सीप विकास हुने बताउनुभयो ।

कार्यक्रममा देशभरका ८९ विद्यालयको सहभागितामा करीब २०० रकेट उडाइएको थियाे ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया