तीन जलविद्युत् आयोजनामा झण्डै ३९ अर्ब रुपैयाँको वैदेशिक लगानी स्वीकृत

 कात्तिक २५, २०७७ मंगलबार २३:२७:६ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डौ - लगानी बोर्ड नेपालले झण्डै ३९ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बोर्डको ४५ औँ बैठकले ३८ अर्ब ६८ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत गरेको हो ।

बोर्डले ७७ दशमलव ५ मेगावाटको घुन्साखोला जलविद्युत् आयोजनाको लागि १७ अर्ब ६२ करोड ४० लाख रुपैयाँ, ५७ मेगावाटको हिमचुली दोर्दी जलविद्युत् आयोजनाको लागि १० अर्ब ६१ करोड ९१ लाख र ६५ मेगावाटको दूधखोला जलविद्युत् आयोजनाको लागि १० अर्ब ४३ करोड ६० लाख रुपैयाँको वैदेशिक लगानी स्वीकृत गरेको हो । 

बैठकले बोर्डको कार्यालयको क्षमता वृद्धि, एकल विन्दु सेवा केन्द्र प्रभावकारी बनाउने लगायतका विषयमा निर्णय पनि गरेको छ । बोर्डको बैठक हरेक दुई महिनामा बस्नुपर्ने भए पनि गएको असारयता बस्न सकेको थिएन ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया