बिहारमा फेरि एनडीए गठबन्धनको सरकार बन्ने निश्चित

 कात्तिक २६, २०७७ बुधबार ५:५८:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतको बिहार राज्यमा फेरि एकपटक जनता दल युनाइटेड (एनडीए) को सरकार बन्ने निश्चित भएको छ ।

२ सय ४३ विधानसभाको लागि भएको चुनावमा एनडीएले १ सय २५ सिट जितिसकेको छ । बहुमतका लागि चाहिने १ सय २२ सिटको आँकडा पार लगाउँदै भाजपा र जनता दल युनाइटेडको गठबन्धन (एनडीए) को सरकार बन्ने पक्का भएको हो । भाजपाले मात्रै ७४ सिट जितेको छ ।

एनडीएको टक्कर दिने महागठबन्धनले १ सय १० सिटमा जित निकालेको छ भने जेडीयूले ४३ सिटमा जितेको छ । महागठबन्धनको नेतृत्व गरेको राष्ट्रिय जनता दल  ७५ सिटमा विजयी भएको छ ।

अहिले पनि मतगणना चलिरहेको छ ।  बिहार विधानसभाको तीन चरणमा चुनाव सम्पन्न भएको थियो । कोरोना भाइरसका कारण चुनावको नतिजा प्रकाशनमा यस पटक केही ढिलाइ भएको निर्वाचन आयोगले जनाएको छ ।

कोरोना भाइरसका कारण सामाजिक दूरी कायम गर्नुपर्ने जनाउँदै यस पटक मतदान केन्द्रको सङ्ख्या ७२ हजार सात सय २३ वटा थप गरिएका कारण पनि चुनावी मतगणनामा ढिलाइ भएको समाचार छ । यस चुनावमा तीन हजार सात सय ५५ जना उम्मेदवार रहेका थिए । चुनाव आयोगले अहिले ५५ वटा मतगणना स्थलको व्यवस्था गरेको छ ।

बिहारमा गएको अक्टोवर २८, नोभेम्वर ३ र नोभेम्बर ७ मा गरी तीन चरणमा चुनाव भएको थियो ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया