इरानको आकाशमाथि आफ्नो पूर्ण नियन्त्रण रहेको इजरायलको दाबी
असार २, २०८२ सोमबार
काठमाण्डौ - विस्तारको क्रममा रहेको ढोलाहिटी-सुनाकोठी सडक आउँदाे मङ्सिरको दोस्रो हप्तासम्ममा कालोपत्रे गरिने भएको छ ।
तीन किलोमिटर लम्बाइको यो सडक कालोपत्रे चाँडो हुनुपर्ने माग गर्दै स्थानीयवासी पटक-पटक सडक अवरुद्ध गर्दै आएका छन् ।
कात्तिक मसान्तसम्ममा बेस (आधार) को काम सकाएपछि मङ्सिर १५ सम्ममा कालोपत्रे सकिने काठमाण्डौ उपत्यका सडक विस्तार आयोजनाका प्रमुख गुरु अधिकारीले बताउनुभयो ।
उहाँका अनुसार स्थानीयवासीसँग निर्माण कम्पनीले निर्माण भइरहँदा दैनिक दुईपटक पानी खसालेर धुलो कम गर्ने सहमति भएको छ । उहाँले भन्नुभयो, 'तिहारलगत्तै कम्पनीले कालोपत्रे सुरु गर्नेछ ।'
यस खण्डको निर्माणको जिम्मेवारी पाएको सैलुङ निर्माण कम्पनीले काम गरिरहेका आयोजनाले जनाएको छ । याे सडकमा कालोपत्रे चाँडो गर्नुपर्ने माग गर्दै गएकाे असारमा स्थानीयवासीले सडक अवरुद्ध गरेका थिए ।
आयोजनाले पहिले तोकिएको मापदण्ड २० मिटर चौडाइमा निर्माण गर्न खोज्दा ढिलाइ भएको उहाँले बताउनुभयो । मन्त्रिपरिषद्को गएकाे पुस ३ गतेको बैठकले काठमाण्डौ उपत्यकामा विस्तारका क्रममा रहेका सबै सडकमा उपलब्ध चौडाइमा नै कालोपत्रे गर्ने निर्णय गरेकाले त्यहीअनुसार गर्न लागिएको हो । उहाँले भन्नुभयो, 'कुनै पनि संरचना नभत्काइ भएकै चौडाइमा कालोपत्रे भइरहेको छ ।'
ढोलाहिटी-लेले सडक विस्तार चार वर्ष पहिले शुरु भएको थियो । अहिले पनि टाखेल-लेलेलगायत चौडाइ उपलब्ध भएका ठाउँमा मापदण्डानुसार नै विस्तार भइरहेको छ । आयोजनाले गएकाे वर्ष नै ठेचोबाट टाखेलसम्मको सडक निर्माण गरेको थियो ।
उपत्यकामा विस्तारका क्रममा रहेका सडक छेउमा घर भएका स्थानीयवासीले घरलगायत संरचना भत्काउन नमानेपछि लामो समयसम्म सडक निर्माण अवरुद्ध बनेको थियो । जति चौडाइ उपलब्ध छ त्यसैमा निर्माण गर्ने सरकारको निर्णयपछि भने आयोजनाले सबै सडकको निर्माण अघि बढाएको छ ।
आउँदाे पुससम्ममा सबै सडक सम्पन्न गर्ने आयोजनाले जनाएको छ । पटक-पटक ठेक्काको अवधि थपिए पनि अब थप्न नमिल्ने भएकाले कम चौडाइमै कालोपत्रे गर्न लागिएको हो । उपत्यकामा एकै वर्ष विस्तार सुरु भएका १० सडकमध्ये अहिलेसम्म एउटा पनि डिभिजन सडक कार्यालयमा हस्तान्तरण भइसकेको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।