नेपालमा काेराेना सङ्क्रमितकाे सङ्ख्या दुई लाख नाघ्याे

काठमाण्डाै उपत्यकामा थपिए १ हजार २६१ सङ्क्रमित

 कात्तिक २६, २०७७ बुधबार १६:२५:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा काेराेना भाइरस (काेभिड–१९) का सङ्क्रमितकाे सङ्ख्या दुई लाख नाघेकाे छ । बुधबार थप दुई हजार पाँच सय ६९ जनामा काेराेना सङ्क्रमण देखिएसँगै काेराेना सङ्क्रमितकाे सङ्ख्या दुई लाख पाँच हजार ६९ पुगेकाे छ । 

पछिल्लाे २४ घण्टामा १० हजार ८१ जनाकाे नमुना परीक्षण भएकाे हाे । त्यस्तै गएकाे २४ घण्टामा एक हजार ६ सय ६६ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या एक लाख ६२ हजार दुई सय ४३ पुगेको छ ।  

अब नेपालमा ३८ हजार नाै सय १२ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै एक हजार एक सय नाै जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ । 

यस्तै गएको २४ घण्टामा २६ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार एक सय ७४ पुगेको छ । 

यसैबीच पछिल्लाे २४ घण्टामा काठमाण्डाै उपत्यकामा एक हजार दुई सय ६१ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ । मन्त्रालयका अनुसार बुधबार काठमाण्डाैमा नाै सय ७६, भक्तपुरमा ८१ र ललितपुरमा दुई सय चार जनामा सङ्क्रमण देखिएकाे हाे ।  

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया