निःशुल्क पीसीआर परीक्षणका लागि सिफारिस बनाएर रकम असुल्ने पक्राउ

 कात्तिक २६, २०७७ बुधबार १६:५९:१८ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – नेपालगञ्जमा रहेकाे भेरी अस्पतालमा पीसीआर परीक्षणका लागि निःशुल्क सिफारिस बनाएर रकम असुल हुने गरेको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास खड्काका अनुसार सिफारिस बनाइ दिएर रकम असुल गर्ने भेरी अस्पतालमा कार्यरत दुई जना सुरक्षागार्ड र कोभिड वार्डमा सहयोगीको रुपमा कार्यरत एक जनालाई बुधबार अस्पतालबाटै पक्राउ गरिएको हाे । 

उनीहरुले निःशुल्क पीसीआरका लागि लक्षित वर्गका व्यक्तिकाे रुपमा डाक्टरकाे सिफारिस बनाएर रकम असुल गर्दै आएको प्रहरीले जनाएको छ । यसरी सिफारिस बनाउँदा उनीहरुले डाक्टरकाे सिफारिसका लागि आफैले किर्ते हस्ताक्षर गर्ने गरेकाे पाइएको छ ।

पक्राउ परेकाहरूले ६ जनाको सिफारिस बनाएर रकम लिएको बयान दिएको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया