अमेरिकालाई विभाजन गर्ने निर्णयहरू उल्टाउन आवश्यक रहेको पूर्वराष्ट्रपति ओबामाको भनाइ

‘आप्रवासन, असमानता र सनकपूर्ण निर्णयको सुझबुझपूर्ण समाधान गर्नुपर्छ’

 मंसिर १, २०७७ सोमबार ८:५०:५३ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अमेरिकाका पूर्वराष्ट्रपति बराक ओबामाले देशलाई विभाजित गर्ने निर्णयहरू उल्टाउनुपर्ने बताउनुभएको छ । पूर्वराष्ट्रपति ओबामाले गएको चार वर्षमा अमेरिकालाई विभाजित गर्ने सनकपूर्ण कामहरू भएको टिप्पणी गर्दै त्यसलाई उल्टाउनुपर्ने बताउनुभएको हो ।

चार वर्षअघि डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा चुनिनुभएको थियो । ओबामाले अबको अमेरिकी राष्ट्रपतिमा जो बाइडेनको जित सनकपूर्ण विभाजनहरूको मर्मत गर्ने सुरुवात भएको पनि बताउनुभएको छ ।

साथै उहाँले विभाजन गर्ने प्रवृत्तिहरू उल्टाउन एउटा जितले मात्रै नपुग्ने भन्दै आउँदाे पुस्ताको परिष्कृत सोचका कारण विभाजनहरू पुरिँदै जाने विश्वास रहेको पनि बताउनुभयो ।

ओबामाले ग्रामीण र सहरी अमेरिकाबीचको आक्रोश, आप्रवासन, असमानता र सनकपूर्ण षड्यन्त्र सिद्धान्तहरूले विभाजन बढाएको भन्दै यी समस्याको सुझबुझपूर्ण समाधान चाहिएको बताउनुभयो ।

राष्ट्रपति ट्रम्पले आफ्नो राजनीतिक फाइदाका लागि यस्ता कुरालाई बढावा दिएको पनि ओबामाले आरोप लगाएका छन् ।  

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया