पार्टीले लिखित आराेप लगाइसकेकाे छ, ओलीलाई हटाउनैपर्छ : बाबुराम भट्टराई

 मंसिर ३, २०७७ बुधबार १९:२०:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउनुपर्ने बताउनुभएको छ ।

बुधबार सामाजिक सञ्जाल ट्विटरमार्फत उहाँले यस्तो बताउनुभएको हो । सरकारको असफलता र भ्रष्टाचारबारे पार्टीलेसमेत लिखित आरोप लगाइसकेकोले ओलीलाई हटाउनुपर्ने नेता भट्टराईको भनाइ छ । 

उहाँले ट्वीटमा भन्नुभएको छ, ‘नेकपाको झगडा कसरी टुङ्ग्याउने भन्ने उसको कुरा होला तर यी राज्य/नागरिकका मुद्दा प्रतिपक्षी दलले उठाउनैपर्छ है: १. राष्ट्रपति र विदेशी कुटनीतिज्ञले पार्टीगत कुरामा हस्तक्षेप गर्न मिल्दैन ।’

यसअघि प्रचण्डले आफूमाथि गम्भीर आरोप लगाउँदै राजनीतिक प्रस्ताव पेस गरेको भन्दै ओली र उहाँ पक्षका नेताहरूले प्रस्ताव फिर्ता गर्न आग्रह गरेका थिए । तर प्रचण्ड र उहाँ पक्षका नेताहरूले भने प्रस्ताव फिर्ता नहुने र बैठकमै छलफल हुने अडान लिएका थिए । 

गएको शुक्रबार बसेको सचिवालय बैठकले प्रचण्डसहित पाँच नेताले बुझाएको लिखित अनुरोधपत्र, ओली र प्रचण्डको पत्र तथा प्रचण्डको राजनीतिक प्रतिवेदन अध्ययनपछि आजको लागि बैठकको मिति तय गरेको थियो । दुई अध्यक्षबीच लिखित रूपमै आरोप–प्रत्यारोप र सवाल–जवाफ बढ्दै गएपछि नेकपाभित्रको विवाद थप बढेको छ ।   

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया