लाङटाङ पदमार्गका हाेटल भाेलिदेखि सञ्चालनमा आउने

 मंसिर ६, २०७७ शनिबार १८:५०:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – लाङटाङ पदमार्गमा रहेका होटल आइतबारदेखि सञ्चालनमा आउने भएका छन् । रसुवामा कोरोना सङ्क्रमितको सङ्ख्या घटेकोले लाङटाङ पदमार्गमा रहेका होटल, लज तथा चिया पसल सञ्चालनमा आउन लागेको हो । 

रसुवामा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि गोसाइँकुण्ड गाउँपालिका ४ को होटल व्यवसाय समितिको आग्रहमा गएको कात्तिक १८ गतदेखि होटल बन्द गरिएको थियो । 

अहिले रसुवामा कोरोना सङ्क्रमितको सङ्ख्या घट्दै गएकाले होटल, लज तथा चिया पसल सञ्चालनमा आउन लागेको वडा कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पदमार्गको रिम्छे, रिभर साइड, घोडा तबेला, गुम्बा डाँडा, लाङटाङ, मुण्डुप, क्यान्जिनलगायतका क्षेत्रमा  रहेका होटल, लज तथा चिया पसल सञ्चालन हुनेछ । 

पछिल्लो केही हप्तायता लाङटाङ जाने नेपाली पर्यटकको सङ्ख्या बढ्दै गएको थियो । क्यान्जिनका पर्यटन व्यवसायी ग्याल्बु लामाका अनुसार पछिल्लो समय दैनिक ६० जनासम्म नेपाली पर्यटक आइरहेका थिए । रसुवामा आएका पर्यटकमध्ये ९० प्रतिशत पर्यटक लाङटाङ जाने गरेका छन् । 

रसुवामा अहिले सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या नौ रहेको छ ।  

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया