पाण्डेमाथि भएकाे घटनाकाे घाेर निन्दा र भर्त्सना गर्दछु : झलनाथ खनाल

 मंसिर ६, २०७७ शनिबार १९:१२:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – चितवनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेमाथि आफ्नै कार्यकर्ताले अभद्र व्यवहार गरेका छन् । 

चितवनमा शनिबार राप्ती नगर पार्टीको बैठकमा सहभागी भइ मन्तव्य राखिरहेको बेला सुरेन्द्र पाण्डेमाथि अभद्र व्यवहार भएको हो । 

यो व्यवहारलाई लिएर नेकपाका वरिष्ठ नेता झलनाथ खनालले एक वक्तव्य जारी गर्दै आपत्ति जनाउनुभएको छ । उहाँले पाण्डेमाथि भएको सुनियोजित घटनाले गम्भीर बनाएको बताउनुभएको हो । 

पाण्डेले आफ्ना भनाइ राखिरहेको बेला केही अराजक व्यक्तिहरुले गरेको अभद्र व्यवहार र नाराबाजीलाई लिएर नेता खनालले घोर निन्दा तथा भर्त्सना गर्नुभएको छ । 

उहाँले कम्युनिस्ट पार्टीको नैतिक मूल्य, आचरण र आदर्श विपरीत भएको घटनामा संलग्नलाई कडाभन्दा कडा कारबाही हुनुपर्नेतर्फ पार्टी कमिटीको ध्यानाकर्षण गराउनुभएको छ । 

यस्ताे छ विज्ञप्ति–

 वक्तव्य;
मिति: 2077/8/6

विकास आयोजनाहरूको अनुगमन गर्न र पार्टीका विभिन्न कार्यक्रममा सहभागी जनाउन आफ्नो गृह जिल्ला चितवनमा रहनुभएका पार्टी स्थायी कमिटी सदस्य, पुर्व अर्थमन्त्री तथा प्रतिनिधि सभाका सदस्य क. सुरेन्द्र पाण्डे आज राप्ती नगरको पार्टीको बैठकमा सहभागी भई मन्तव्य राखिरहेको बेला भएको सुनियोजित घटनाले गम्भीर बनाएको छ ।

कार्यक्रममा आफ्ना भनाइहरू राखिरहेको अवस्थामा अनाधिकृत रूपमा प्रवेश गरेका केही अराजक व्यक्तिहरूले स गरेको अभद्र व्यवहार तथा नाराबाजी अत्यन्तै निन्दनीय छ । यस्तो गैर–जिम्मेवारपूर्ण घटनाको घोर निन्दा तथा भर्त्सना गर्दछु ।

कम्युनिस्ट पार्टीको नैतिक मूल्य, आचरण तथा आदर्श विपरीत यस्तो आपत्तिजनक कार्यमा संलग्न व्यक्तिलाई तत्काल कडा भन्दा कडा कारबाही गर्न सम्बन्धित पार्टी कमिटीको ध्यानाकर्षण समेत गराउँछु ।

पार्टीमा आन्तरिक विवाद उत्कर्षमा पुगेको र त्यसको सही समाधान गर्न उपायहरु खोजी भइरहेको परिस्थितिमा घट्ने यस्ता घटनाहरूले स्थितिलाई झन उत्तेजित बनाउनेतर्फ सचेत रहन सम्पूर्ण नेता / कार्यकर्तालाई विनम्र अनुरोध छ ।

झलनाथ खनाल
वरिष्ठ नेता, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)

पाण्डेमाथि भएको अभद्र व्यवहारको पर्यटनमन्त्री तथा नेकपा नेता योगेश्वर भट्टराईले हुलहुज्जत नभइ विमर्श, छलफल र फरक मतको सम्मान जबजको विशेषता भएको बताउनुभएको छ । 

यसअघि नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पनि पाण्डेमाथिको अभद्र व्यवहार लोकतान्त्रिक पार्टीका लागि पटक्कै नसुहाउने गतिविधि भएको बताउनुभएको छ ।  

अन्तिम अपडेट: चैत १६, २०८०

1 Comments

  • Lok bd. Rai

    Nov. 22, 2020, 2:59 a.m.

    तिमीहरू जस्तो नेताकै कारण यो दिन आउदै गरेको हो। कतिले मिडिया सामू बिरोध गर्दैछ। कतिले भोलि चुनावमा गर्नेछन्। आफ्नै पार्टीको सरकार ढाल्न उफ्रिनेले जनता उफ्रे के हुन्छ बिर्सनु हुदैन थियो होइन र??? कार्यकर्ता कार्बाहिमा परे सदस्यता खोसिएला तर नेतालाई पहिलो कार्बाहि हुनु पर्छ। उनिहरुको के खोसिन्छ।

  •  0 Reply

तपाईको प्रतिक्रिया