सोलुखुम्बु जिल्ला अस्पतालमा सेवा प्रभावित, दश दिनमा चार वटा शव पोष्टमार्टमका लागि ओखलढुङ्गा लगियो

 मंसिर ७, २०७७ आइतबार १३:११:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

सोलुखुम्बु - सोलुखुम्बुबाट पछिल्लो दश दिनमा चार वटा शव पोष्टपार्टमका लागि छिमेकी जिल्ला ओखलढुङ्गा लगिएको छ ।

जिल्ला अस्पताल फाप्लुमा सेवा प्रभावित हुँदा कात्तिक २७ गतेयता विभिन्न कारणले ज्यान गुमाएका जनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल रुम्जाटार पठाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । कात्तिक २७ र ३० गते एक/एक वटा र मंसिर ३ गते दुई वटा गरी चार वटा शव ओखलढुङ्गा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिल माबोहाङले जानकारी दिनुभयो ।

तीन जना डाक्टर कार्यरत जिल्ला अस्पतालमा एक जना डाक्टर कोरोना सङ्क्रमणका कारण आइसोलेशनमा रहेको, एक जनाको सरुवा भएको र एक जना तिहार बिदामा बसेकाले अस्पतालको सेवा प्रभावित भएको हो । प्रसूति सेवा, जटिल प्रकृतिका स्वास्थ्य सेवा तथा पोष्टमार्टम सेवा प्रभावित बनेको अस्पतालले जनाएको छ ।

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया