काठमाण्डाै महानगरले माेबाइल भ्यानमार्फत स्वाब सङ्कलन गर्दै

 मंसिर ७, २०७७ आइतबार १४:१९:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कोरोना भाइरस (कोभिड—१९) को निःशुल्क पीसीआर परीक्षणका लागि काठमाण्डौ महानगरपालिकाले स्वाब सङ्कलन सुरु गरेको छ । 

महानगरभित्र रहेका अशक्त, असहाय र ज्येष्ठ नागरिकहरूको पीसीआर परीक्षणका लागि मोबाइल भ्यानमार्फत स्वाब सङ्कलन सुरु गरिएको हो । स्वाब सङ्कलन केन्द्रसम्म जान नसक्ने अशक्त, ज्येष्ठ नागरिकहरूको मोबाइल भ्यानमार्फत स्वाब सङ्लकनको काम सुरु भएको महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताउनुभयो ।

सरकारले घोषणा गरेअनुसार लक्षित समूहको निःशुल्क परीक्षण गर्ने उल्लेख गर्दै उहाँले परीक्षण आफै गर्न सक्ने क्षमता भएकाहरूलाई शुल्क तिरेरै गर्न आग्रह गर्नुभयो ।

कोरोना नियन्त्रणका लागि सरकारले आफ्नो तर्फबाट कडा मेहनत गरिरहे पनि समुदायस्तरबाट सहयोग नभए नियन्त्रणमा नआउने मेयर शाक्यले बताउनुभयो । उहाँले स्थानीयस्तरबाट नै कोरोना महामारीविरुद्ध लड्न सहयोग गर्नुपर्ने बताउनुभयो ।

काठमाण्डौ महानगरपालिकाले परीक्षणको दायरा फराकिलो बनाउने तयारीका साथ अघि बढेको भन्दै कन्ट्याक ट्रेसिङमा परेका र लक्षण देखिएकालाई मात्र पीसीआर परीक्षण गर्न मेयर शाक्यले आग्रह गर्नुभयो ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले महानगरपालिकालाई परीक्षणका लागि एउटा मोबाइल भ्यान हस्तान्तरण गरेको छ । त्यही मोबाइल भ्यानबाट स्वाब सङ्कलन गरिने उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया