विद्युत् प्राधिकरणका ३ सयभन्दा धेरै कर्मचारीको सरुवा

 मंसिर १०, २०७७ बुधबार १५:४:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणका तीन सयभन्दा धेरै कर्मचारीको सरुवा भएको छ ।

प्राधिकरणका तह ४ देखि ९ सम्मका लेखा समूहका एक सय ५४ जना र प्रशासन समूहका एक सय ५० जना गरी तीन सय चार जना कर्मचारीको सरुवा भएको हो ।

प्राधिकरणमा कायममुकायम कार्यकारी निर्देशकको रुपमा हितेन्द्रदेव शाक्य आएपछि यो सरुवा भएको छ । यद्यपि प्राधिकरणले यसलाई नियमित सरुवा भनेको छ ।

सरुवा भएका कर्मचारीको विवरण यसप्रकार छ -

अन्तिम अपडेट: मंसिर १३, २०७७

तपाईको प्रतिक्रिया