म्यानपावर व्यवसायीलाई मन्त्रीको जवाफ : धरौटी रकम घट्दैन, जथाभावी बोल्दै नहिँड्नुस्

 साउन २८, २०७५ सोमबार १९:५५:५८ | मोहन पौडेल
unn.prixa.net

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले म्यानपावर सञ्चालनका लागि राख्नुपर्ने धरौटी रकम नघट्ने जवाफ दिनुभएको छ । 

सरकारले ६ करोड धरौटी राख्नुपर्ने व्यवस्थासहित वैदेशिक रोजगार ऐन शंसोधन गर्ने तयारी गरेपछि धरौटी रकम घटाउन माग गर्दै सोमबार भेट्न पुगेका व्यवसायीलाई मन्त्री विष्टले धरौटी रकम नघट्ने स्पष्ट पार्नुभएको हो । 

उहाँले ऐन समयमै संशोधन हुने पनि बताउनुभएको छ । ६ करोड धरौटी धेरै भएको भन्दै दुई करोडसम्म राख्दा उपयुक्त हुने सुझावसहित पुगेका व्यवसायीलाई मन्त्री विष्टले व्यवसायीका समस्याका बारेमा थप छलफल गर्न सकिने भन्दै धरौटी चाहिँ नघट्ने जवाफ दिनुभएको हो । 

त्यस्तै समस्यामा विषयमा छलफल गर्न सकिनेमा व्यवसायीहरुले सार्वजनिक रुपमा अमर्यादित किसिमले अभिव्यक्ति दिँदै हिँडेको भन्दै असन्तुष्टी पनि जनाउनुभएको छ । अब सार्वजनिक रुपमा यस्ता अभिव्यक्ति नदिन सुझाव दिँदै मन्त्री विष्टले वैदेशिक रोजगारीका क्षेत्रमा रहेका विकृती जसरी भएपनि रोकेरै छोड्ने पनि बताउनुभयो । 

उहाँले सरकारले खारेज गरिसकेका संघसंस्थासँग मिलेर केही व्यवसायीले सरकारका बारेमा नराम्रा कुरा गरिरहेको भन्दै त्यसमा ध्यानाकर्षण भएको पनि बताउनुभयो । 

व्यवसायी भने १ करोड रुपैयाँ नगद र बैंक ग्यारेन्टी १ करोड रुपैयाँ राख्दा उपयुक्त हुने सुझावसहित मन्त्री विष्टलाई भेट्न मन्त्रालय पुगेका थिए । 

यो पनि पढ्नुहोस् । 

धरौटी २ कराेड राख्नु उपयुक्त हुने व्यवसायीको प्रस्ताव, धरौटीको ब्याज पाउनुपर्ने माग

अन्तिम अपडेट: चैत ३०, २०८०

मोहन पौडेल

मोहन पौडेलसँग भुटानी तथा तिब्बती शरणार्थीका विषयमा लामो समय रिर्पोटिंग गरेको अनुभव छ । उहाँ वैदेशिक रोजगारका विभिन्न पाटामा पनि कलम चलाउनु हुन्छ ।    

1 Comments

  • Amar singh dhami

    Aug. 14, 2018, 2:02 p.m.

    कहिलेसम्म खुल्ने हो नि भीसा मलेसियाको जानकारी लिन सकिन्छ कि ?

  •  0 Reply

तपाईको प्रतिक्रिया