ट्राफिक प्रहरीलाई घुस दिने मोटरसाइकल चालक पक्राउ

 मंसिर १४, २०७७ आइतबार १७:८:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ट्राफिक प्रहरीलाई घुस दिने एक जना मोटरसाइकल चालक पक्राउ परेका छन् ।

काठमाण्डौको नयाँ बसपार्कको नेपालटारमा सुरक्षा जाँचका क्रममा बा ७४ प ९३१३ नम्बरको मोटरसाइकलका चालक हेटौँडाका रुपलाल सुनारले डिउटीमा खटिएका ट्राफिक प्रहरीलाई पाँच सय रुपैयाँ घुस दिन खोजेपछि पक्राउ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

हिजो जाँड रक्सी खाएर मोटरसाइकल चलाएका सुनारले सुरक्षा जाँचमा खटिएका ट्राफिक प्रहरीलाई घुस दिन खोजेपछि पक्राउ गरी कारबाहीका लागि महानगरीय ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्क बुझाईएको महाशाखाले जनाएको छ ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया