बाटोमा भेटियो २ लाख ३५ हजार रुपैयाँ,  प्रमाणसहित सम्पर्क गर्न प्रहरीको अनुराेध

 मंसिर १५, २०७७ सोमबार १३:१५:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - ललितपुरको महालक्ष्मीस्थान चोकमा २ लाख ३५ हजार रुपैयाँ भेटिएको छ ।

चोकमा भेटिएको पैसासँगै  चितवन गर्दी-२ का प्रमोद आचार्यको पनि नागरिकता भेटिएकाले सम्पर्क गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 

महालक्ष्मी स्थान चोक सडकमा वा ८७ प ७३५५ नं. को मोटरसाइकल चालकले सडकमा खसेको प्लास्टिकको झोला टिपेर हेर्दै गरेको अवस्थामा चोकमा खटिएका ट्राफिक प्रहरी जवान रुपेश चौधरीलाई शंका लागेर हेर्दा २ लाख ३५ हजार रुपैयाँ भेटिएको प्रहरीले जनाएको छ ।

रकम र नागरिकता महानगरीय प्रहरी वृत्त सातदोबाटोमा बुझाएकोले सम्बन्धित व्यक्तिले महानगरीय प्रहरी वृत्त सातदोबाटोमा सम्पर्क गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ । 

अन्तिम अपडेट: मंसिर २०, २०७७

तपाईको प्रतिक्रिया