अब प्रधानमन्त्री ओली पनि 'टिकटक' मा

 मंसिर १५, २०७७ सोमबार १४:११:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले लाेकप्रिय भिडियाे शेयरिङ एप 'टिकटक' मा खाता खाेल्नुभएकाे छ ।  

प्रधानमन्त्रीको @kpsharmaoli_official ह्याण्डल सञ्चालनमा आएको हो । उहाँकाे खाता 'भेरिफाइड' समेत भइसकेकाे छ । 

उहाँले टिकटकमा राख्नुभएकाे भिडियाेलाई अहिलेसम्म एक लाख ६९ हजारभन्दा धेरैले हेरेका छन् । त्याे भिडियाेलाई १२ हजार जनाले लाइक गर्दा दुई सयभन्दा बढी शेयर गरिएकाे छ । 

उहाँकाे खातालाई अहिलेसम्म दुई हजार दुई सयभन्दा बढीले फलाे गरेका छन् । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया