नेभिगेशन

काेराेना खाेपकाे दाैडमा अरू कुन–कुन छन् ?

काठमाण्डाै – बेलायत फाइजनर–बायोटेक कम्पनीले बनाएको कोरोना भाइरसविरुद्धको खोप प्रयोगका लागि विश्वव्यापी रूपमा अनुमोदन गर्ने विश्वको पहिलो देश बनेको छ । 

बेलायतको नियामक, एमएचआरएले खोप कोरोनाका बिरामीका लागि ९५ प्रतिशतसम्म प्रभावकारी देखिएको र प्रयोगका लागि सुरक्षित देखिएको बताएको हो । 

केही दिनभित्रै उच्च प्राथमिकतामा रहेको समूहलाई खोप दिन सुरु गरिने बताइएको छ । 

अक्सफाेर्ड-एस्ट्राजेनेकाकाे खाेप : याे भाइरल भेक्टर प्रकारकाे खाेप हाे जसमा जेनेटिकली माेडिफाइड भाइरसकाे प्रयाेग गरिएकाे छ । यसलाई फ्रिजमा सामान्य तापमानमा भण्डारण गर्न सकिन्छ र यसलाई दुई खेप लगाउनुपर्छ । अहिलेसम्म क्लिनिकल परीक्षणमा याे ६२ देखि ९० प्रतिशतसम्म प्रभावकारी पाइएकाे छ । 

याे खाेपकाे प्रति डाेजकाे मूल्य चार डलरसम्म हुनेछ । 

माेडेर्नाकाे खाेप : याे एमआरएनए प्रकारकाे काेराेना खाेप हाे जसलाई भाइरसकाे जेनेटिक कोडकाे केही टुक्रा मिलाएर बनाइँदै छ । यसलाई माइनस २९ डिग्री तापमानमा भण्डारण गर्नुपर्ने हुन्छ र यसलाई ६ महिनासम्म भण्डारण गर्न सकिन्छ । यसकाे दुई डाेज लगाउनुपर्नेछ र अहिलेसम्मकाे क्लिनिकल परीक्षणमा याे ९५ प्रतिशतसम्म प्रभावकारी पाइएकाे छ । 

याे खाेपकाे प्रति डाेजकाे मूल्य ३३ डलरसम्म हुनेछ । 

फाइजरकाे खाेप : मेडेर्नाकाे खाेप जस्तै याे पनि एमआरएनए प्रकारकाे काेराेना खाेप हाे । अहिलेसम्मकाे क्लिनिकल परीक्षणमा याे खाेप ९५ प्रतिशतसम्म प्रभावकारी पाइएकाे छ । यसलाई माइनस ७० डिग्रीकाे तापमानमा भण्डारण गर्नुपर्ने हुन्छ । 

याे खाेपकाे दुई डाेज दिइनेछ र प्रति डाेजकाे मूल्य १८ डलरसम्म हुनेछ । 

गामालेयाकाे स्पुतनिक–भी खाेप : याे अक्सफाेर्डकाे खाेप जस्तै भाइरल भेक्टर प्रकारकाे खाेप हाे, अहिलेसम्मकाे क्लिनिकल परीक्षणमा याे खाेप ९२ प्रतिशतसम्म प्रभावकारी पाइएकाे छ । यसलाई फ्रिजमा सामान्य तापमानमा भण्डारण गर्न सकिनेछ र यसकाे दुई डाेज लिनुपर्ने हुन्छ । 

याे खाेपकाे प्रति डाेजकाे मूल्य ७ दशमलव ५० डलरसम्म हुन्छ । 

यसका साथै रुस स्पुतनिक नामकाे एक अर्काे खाेपकाे प्रयाेग गरिरहेकाे छ । त्यस्तै चिनियाँ सेनाले क्यानसाइनाे बायाेलजिक्सले बनाएकाे एक खाेपलाई अनुमति दिएकाे छ । याे दुई खाेप अक्सफाेर्डकाे खाेप जस्तै भाइरल भेक्टर टाइप खाेप हाे । 

(स्रोत - खाेप बनाउने  कम्पनी र विश्व स्वास्थ्य सङ्गठनले जारी गरेकाे तथ्याङ्कअनुसार ) 

प्रकाशित मिति:
थप विश्व