नुवाकोटमा तीनवटा मिनिट्रकमा आगजनी र तोडफोड

 साउन २९, २०७५ मंगलबार १२:५:१५ | नवदीप अजनबी
unn.prixa.net

नुवाकोट - नुवाकोटको बोहोरे खोलामा तीनवटा मिनिट्रकमा आगजनी र तोडफोड भएको छ ।

बालुवा बोकेर काठमाडौंका लागि छुटेका बा ४ ख ८५१६, बा ५ ख २१३० र बा ५ ख २१३२ नम्बरका मिनिट्रकमा आगजनी र तोडफोड भएको नुवाकोटका प्रहरी उपरीक्षक बसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।

८५१६ नम्बरको मिनिट्रकमा आगो लगाएको र अरु २ वटामा ढुँगा हानिएको बताइएकाे छ ।

प्रहरीका अनुसार नुवाकोटको शिवपुरी गाउँपालिका ८ मा पर्ने बोहाेरे खोलामा बिहान सवा ७ बजेतिर ७–८ जनाको समूहले आगजनी र तोडफोड गरेको हो । उनीहरुको खोजी भइरहेको प्रहरी उपरीक्षक कुँवरले बताउनुभयो । 

अन्तिम अपडेट: चैत ६, २०८०

नवदीप अजनबी

नुवाकोटका पत्रकार नवदीप अजनबी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया