नवलपरासी : कौडा खेलिरहेका पाँच जना ३ लाख ८५ हजार रुपैयाँसहित पक्राउ

 मंसिर २७, २०७७ शनिबार ९:१:५६ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी - जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले कौडा खेलिरहेको अवस्था ३ लाख ८५ हजार २२५ रुपैयाँसहित पाँच जनालाई पक्राउ गरेको छ । 

प्रहरीले कौडा खेलिरहेको अवस्थामा देवचुली-१ का सुवासचन्द्र ओझा, चितवन भरतपुर महानगरपालिका-२ का सन्दीप गुरुङ, वडा नम्बर-११ का किरण श्रेष्ठ, त्यही ठाउँका दूर्गामान गुरुङ र  लमजुङ सुन्दरबजारका दिनेश जोशीलाई गएराति पक्राउ गरेको हो ।

नवलपुरको देवचुली नगरपालिका वडा नम्बर -१ मा रहेकाे मेघापार्कबाट उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी प्रहरी निरीक्षक मधुसुदन सिंहले बताउनु भयो । 

 

अन्तिम अपडेट: चैत २७, २०८०

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया