वडा सदस्य भएपछि रेखाको व्यस्त दैनिकी

 मंसिर २८, २०७७ आइतबार १७:२८:३७ | उज्यालो सहकर्मी

काठमाण्डाै – पहिले खेतबारीमा व्यस्त हुने बाँकेको डुडुवा गाउँपालिका २ की रेखा खटीको दैनिकी फेरिएको छ । पहिले हँसिया, कोदालो बोक्दै दिनभर काममा व्यस्त हुने उहाँ अहिले महिला र बालबालिकाका कुरा सुन्नुहुन्छ ।

रेखा सामुदायिक छलफल केन्द्रमा जान थालेपछि उहाँ यात्रा बदलिएकाे हो । गाउँमा गएर बोल्न सक्ने भएपछि नेपाली कांग्रेसले रेखालाई उम्मेद्वारका लागि टिकट दियो । वडा दलित महिला सदस्यका लागि २०७४ सालमा चुनिएपछि उहाँको दैनिकी गाउँ/टोलमा भएका झै–झगडा हैर्दै, मिलाउँदैमा जान्छ । अहिले वडामा आउने महिला हिंसा, बालविवाहलगायतका झै–झगडा पनि उहाँले हेर्नुहुन्छ ।  

अन्तिम अपडेट: माघ ११, २०७७

तपाईको प्रतिक्रिया