संवैधानिक परिषद्को बैठक सुरु

 मंसिर ३०, २०७७ मंगलबार १८:१९:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – संवैधानिक परिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । 

नयाँ अध्यादेशअनुसार बहुमत सदस्य उपस्थित भए पनि बैठक बस्न सक्ने भएकाले बालुवाटारमा बैठक सुरु भएको हो । बैठकमा संवैधानिक परिषद्का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा उपस्थित हुनुहुन्छ । 

नयाँ अध्यादेशको चौतर्फी विरोध भइरहे पनि प्रधानमन्त्री ओलीले बैठक सुरु गर्नुभएको हो ।  

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया