म प्रतिनिधिसभा विघटनको विपक्षमै छु, सोमबारको प्रदर्शनमा सबै सहभागी हुनु - देउवा

 पुस ११, २०७७ शनिबार १५:९:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमको विरुद्धमै रहेको प्रष्ट पार्नुभएको छ ।

प्रतिनिधिसभा विघटनबारे नेपाली कांग्रेसभित्र फरक मत रहेको हल्ला भएपछि सभापति देउवाले विज्ञप्ति नै निकालेर आफू संसद विघटनको विरुद्धमै रहेको र सोमबार हुने प्रदर्शनको प्रस्ताव पनि आफैँले अघि सारेको बताउनुभएको हो ।

उहाँले विज्ञप्तिमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले जनभावना विपरीत कदमअघि सारेकाले १३ गते सोमबार १६५ वटै निर्वाचन क्षेत्रमा हुने विरोध प्रदर्शनमा सहभागी हुन सबैसँग आग्रह गर्नुभएको छ ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया