१८औं एशियाली खेलकुदमा जाने पदाधिकारी तथा खेलाडीलार्इ राष्ट्रपतिकाे बिदार्इ

 साउन ३०, २०७५ बुधबार १९:०:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - १८औं एशियाली खेलकुदमा सहभागी हुन जान लागेका सरकारी पदाधिकारी तथा खेलाडीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिदाई गर्नुभएकाे छ । 

राष्ट्रपति भवन शीतल निवासमा उहाँले इन्डोनेशिया जाने टोलीलाई विदाई गर्नुभएकाे हाे ।

उहाँले नेपाली टोलीका सेफ द मिसन रहेका राष्ट्रिय खेलकूद परिषद् राखेपका सदस्य सचिब केशबकुमार विष्ट, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ लगाएतलाई राष्ट्रपतिले फूलमाला लगाएर विदाई गर्नुभएकाे थियाे । 

कार्यक्रममा राष्ट्रपति भण्डारीले नेपालको प्रतिनिधित्व गरेर जान लागेका पदाधिकारीलाई विदाई गर्न पाउँदा खुसी लागेको बताउनुभयाे । 

उहाँले नेपालले खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय जगतमा नेपालले नाम राख्न सफल भएको बताउँदै  आउँदाे प्रतियोगिता पनि सफल हुने विश्वास व्यक्त गर्नुभयाे ।  

नेपालले भदौ २ गते उद्घाटन हुने  एशियाली खेलकूदमा २९ खेलमा सहभागिता जनाउँदै छ । अधिकाँश खेलका खेलाडीहरु इन्डोनेशिया पुगिसकेका छन् भने राष्ट्रपतिले विदाई गरेको पदाधिकारीहरु पनि आजै राति त्यसतर्फ प्रस्थान गर्नेछन् ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया