प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता माघको पहिलो हप्तामा हुने

 पुस १७, २०७७ शुक्रबार ६:९:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिता माघको पहिलो हप्तामा हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुने खेल काठमाण्डौको कीर्तिपुर र मुलपानी मैदानमा हुनेछ ।

प्रतियोगिताको मिति केही दिनमा क्यानले सार्वजनिक गर्ने जनाएको छ । यसअघि पुषको ११ गतेदेखि हुने भनिएको प्रतियोगिता अन्तिम समयमा सारिएको थियो । महिला र पुरुषको प्रतियोगिता एकैसाथ हुने भएकाले क्यानले पुरुषको प्रतियोगिता तीन हप्ताका लागि सारेको थियो ।

राष्ट्रिय खेलकुद परिषद्को प्रायोजन र क्यानको आयोजनामा हुने प्रतियोगितामा तीन विभागीयसहित १० टिमकाे सहभागिता रहनेछ । यसअघिका दुई संस्करणमा प्रतियोगिताको विजेताले २० लाख रुपैयाँ पाउँदै आएकोमा यो पटक विजेता र उप-विजेताले कति रकम पाउँछन भन्ने क्यानले खुलाएको छैन ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया