म्यानचेस्टर युनाइटेडका फरवार्ड काभानीलाई तीन खेलमा प्रतिबन्ध

 पुस १७, २०७७ शुक्रबार १०:१९:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - म्यानचेस्टर युनाइटेडका फरवार्ड इडिन्सन काभानीलाई तीन खेलको प्रतिबन्धसहित आर्थिक जरिवाना गरिएको छ ।

उनलाई सामाजिक सञ्जालमा आपत्तिजनक शब्द पोस्ट गरेको भन्दै तीन खेलको प्रतिबन्धसहित १ मिलियन पाउण्ड आर्थिक जरिवाना गरिएको हो । काभानीले अपमानजनक र अनुचित शब्द उपयोग गरेकाे आरोपमा फुटबल एसोसियनले दोषी ठहर गरेको छ ।

काभानीले गएको नोभेम्बर २९ मा साउथह्याम्टन विरुद्ध गोल गरेपछि सामाजिक सञ्जालमा एक आपत्तिजनक पोस्ट गरेका थिए । विवादमा आएपछि काभानीले पोस्टलाई हटाएर माफीसमेत मागेका थिए । प्रतिबन्ध र जरिवानापछि काभानीले शिक्षाको कार्यक्रम लिन अनिवार्य गरिएको छ ।

काभानीको प्रतिबन्ध तत्काल लागू हुने बताइएको छ । जसका कारण काभानीले नयाँ वर्षको दिनको प्रिमियर लिगमा एस्टन भिल्लाविरुद्धको खेल गुमाउनेछन् । यस्तै, ईपीएल कपको सेमिफाइनलमा म्यानचेस्टर सिटी र एफ ए कपको तेस्रो चरणको खेलमा वाटफोर्डविरुद्ध काभानी सहभागी हुने छैनन् ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया