फाइजर–बायोटेकले उत्पादन गरेको कोरोनाविरुद्धको खोपलाई डब्ल्यूएचओको अनुमति

 पुस १७, २०७७ शुक्रबार १४:१०:४५ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले फाइजर–बायोटेकले उत्पादन गरेको कोरोना भाइरस (काेभिड–१९) विरुद्धको खोपलाई अनुमति दिएको छ ।

संयुक्त राष्ट्र सङ्घीय स्वास्थ्य एजेन्सी डब्ल्यूएचओको बैठकले फाइजर–बायोटेकको खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको समाचार संस्था एएफपीले जनाएको छ ।

डब्ल्यूएचओका सहायक महानिर्देशक डाक्टर मारिएन्जेला सिमाओले विश्वभरका खोप विज्ञहरूको सुझाव र यसको सम्भावित जोखिमबारेको अध्ययनपछि बेलायती कम्पनी फाइजर–बायोटेकको खोपलाई अनुमति प्रदान गरिएको बताउनुभएको खबरमा उल्लेख छ ।

साथै उहाँले कोरोनाविरुद्धको खोपमा सबैको समान पहुँच हुनुपर्नेमा जोड दिँदै पहुँच स्थापित गर्न यो निर्णय महत्त्वपूर्ण भएको बताउनुभो । फाइजर–बायोटेकले उत्पादन गरेको खोपलाई बेलायत, अमेरिका, क्यानडालगायतका देशले अनुमति दिइसकेका छन् । केही देशमा यो खोप लगाउनसमेत सुरु भइसकेको छ ।

अमेरिकाले अमेरिकी कम्पनी मोडेर्नाले उत्पादन गरेको खोपलाई पनि अनुमति दिएको छ भने चीनले चिनियाँ कम्पनी सिनोफार्मले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको खोपलाई अनुमति दिएको छ । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया