५ हजार २२५ जनाकाे पीसीआर परीक्षण गर्दा ४२६ जनामा काेराेना सङ्क्रमण

 पुस १७, २०७७ शुक्रबार १६:१९:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा थप चार सय २६ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । पाँच हजार दुई सय २५ जनाको पीसीआर परीक्षण गर्दा चार सय २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या दुई लाख ६१ हजार १९ जना पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा सात सय ४८ जना कोरोना सङ्क्रमणबाट निको भएसँगै कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ५३ हजार एक सय सात जना पुगेको छ ।

अहिले नेपालमा कोरोनाको सक्रिय सङ्क्रमितको सङ्ख्या छ हजार ४८ जना रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा आठ जनाको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार आठ सय ६४ पुगेको मन्त्रालयले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया