आईएमई पे मोबाइल वालेटमार्फत गरिने रिचार्जमा ५ प्रतिशत ‘क्यास ब्याक’को अफर

 पुस १७, २०७७ शुक्रबार १७:१९:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आईएमई ग्रुपद्वारा सञ्चालित आईएमई डिजिटल सोलुशन लिमिटेडद्वारा प्रवर्द्धित  ‘आईएमई पे’ले  नयाँ वर्ष २०२१ को उपलक्ष्यमा आईएमई पे मोबाइल वालेटमार्फत गरिने रिचार्जमा ५ प्रतिशत क्यास ब्याकको अफर सार्वजनिक गरेको छ । 

यो क्यास ब्याक अफर आईएमई पे वालेट आईडीको रुपमा दर्ता भएको आफ्नै मोबाइल नम्बरको लागि मात्र लागू हुने आईएमई ग्रुपले जनाएको छ ।

याे अफरले विभिन्न मोबाइल नम्बरमा गरिएको कुनै पनि मोबाइल रिचार्ज लेनदेनले कुनै क्यासब्याक भने प्राप्त गर्ने छैन । प्रत्येक प्रयाेगकर्ताले एक सय रुपैयाँ प्रति महिना क्युमुलेटिभ क्यास ब्याक पाउन सक्ने आईएमईले जनाएको छ । यो अफर सीमित समयको लागि मात्र लागू हुनेछ ।
 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया