चन्द्रागिरी हिल्स लिमिटेडले आईपीओ जारी गर्ने

 पुस १८, २०७७ शनिबार ११:४५:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - चन्द्रागिरी हिल्स लिमिटेडले आउँदो २४ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । 

कम्पनीले १५ करोड ३४ लाख ९ हजार १ सय रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आईपीओ जारी गर्न लागेको हो । कम्पनीले निष्काशन गर्न लागेको कुल शेयरमध्ये ४ प्रतिशत अर्थात् ६१ हजार ३६४ कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशत अर्थात् ७६ हजार ७०५ कित्ता सामूहिक लगानीकोषहरुका लागि सुरक्षित गरेको छ ।

सर्वसाधारणले बाँकी १३ लाख ९६ हजार २२ कित्ता शेयरका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । पुस आईपीओका लागि पुस २८ गतेदेखि माघ ९ गतेसम्म आवेदन दिन सकिनेछ ।लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १३ हजार ९६० कित्तासम्मका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । 

अन्तिम अपडेट: चैत ३, २०८०

1 Comments

  • Anil aryal

    Jan. 3, 2021, 1:20 p.m.

    एकजनालाई कति कित्ता पर्छ ?

  •  0 Reply

तपाईको प्रतिक्रिया