सङ्घीयताकाे रक्षा गर्न सडकमा आएका हाैँ : गिरिराजमणि पोखरेल

 पुस १९, २०७७ आइतबार २०:४२:२९ | धनवीर महतो
unn.prixa.net

महाेत्तरी – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री गिरीराजमणि पोखरेलले वर्षाैँपछि देशमा स्थापित सङ्घीयताकाे रक्षा गर्न सडकमा आएकाे बताउनुभएको छ ।

आइतबार महोत्तरीको गौशालामा आयोजित कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्नुहुँदै नेता पोखरेलले प्रधानमन्त्रीले उठाएको गैरसंवैधानिक, जनादेश विपरीत एवम् अलोकतान्त्रिक कदमले सङ्घीयता खतरामा रहेकाले आफूहरू त्यसकाे रक्षा गर्न सडकमा आएकाे बताउनुभएको हो ।

प्रतिनिधि सभा विघटनकाे विरुद्धमा कानुनी र राजनीतिक लडाइँ आवश्यक रहेको बताउँदै आफ्ना समूहले जनमतको कदर गर्दै नागरिक सामु आएको उहाँकाे भनाइ छ ।

‘पार्टी फुटेकोमा हामी दुःखी छौँ’, पोखरेलले भन्नुभयो, ‘हामीहरु निराश छौँ । हामी अझ जनसेवाका लागि एक भइ काम गर्न तयार छौँ । प्रधानमन्त्रीले पार्टीलाई सिस्टम अनुसार चलाउनुभएन ।’

सत्य, तथ्य रूपमा छानबिन गरि गल्ती स्वीकारे अझै पनि पार्टी एकता हुन सक्ने नेता पोखरेलले प्रतिक्रिया दिनुभयो । 

अन्तिम अपडेट: फागुन २९, २०८०

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया