मजदुरका नाममा १३ वटा फर्म खोलेर राजस्व छली, ६५ करोड बिगो मागसहित मुद्दा दायर

 पुस २०, २०७७ सोमबार १७:५०:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – झुट्टा तथा नक्कली भ्याट बिल प्रयोग गरी राजस्व छली गर्ने सर्लाहीका प्रदीप साहसहित १० जनाविरुद्ध ६५ करोड रुपैयाँभन्दा धेरै बिगो मागदाबी सहित अदालतमा मुद्दा दर्ता भएको छ ।

मजदुरका नाममा १३ वटा फर्म दर्ता गरेर नक्कली भ्याट बिल बनाइ राजस्व छली गरेको आरोपमा सर्लाहीको धनकौलका प्रदीप साहसहित १० जना विरुद्ध ६५ करोड २८ लाख ५२ हजार रुपैयाँ बिगो तथा जरिबाना माग गरेर उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको राजस्व अनुसन्धान विभागले जनाएको छ ।

प्रदीप साह सञ्चालक रहेको आरकेएम ट्रेडिङ प्रालीमा काम गर्ने निम्न आय भएका मजदुरको नाममा दर्ता गरेर १० जनाले २०७३ सालदेखि नक्कली भ्याट बिल बनाएको पाइएको विभागले जनाएको छ ।

उनीहरूविरुद्ध २२ करोड ४९ लाख भ्याट, ३७ करोड ५८ लाख आयकर र पाँच करोड २० लाख रुपैयाँ लाभांश छली गरेको आरोपसहित विभागले मुद्दा दायर गरेको छ ।  

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया