कोरोनाको नयाँ लहर सुरु भएसँगै बेलायतमा फेरि लकडाउनकाे घोषणा

 पुस २१, २०७७ मंगलबार ६:१८:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कोरोनाको नयाँ लहर सुरु भएसँगै बेलायतमा फेरि लकडाउनकाे घोषणा भएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनले लकडाउन घोषणा गर्दै सबैजनालाई घरभित्रै बस्न आग्रह गर्नुभएको छ । आउँदो फेब्रुअरी महिनाको मध्यतिरसम्म लकडाउन हुने अनुमान गरिएको छ । 

लकडाउन अवधिभर अति आवश्यक नपरि घरबाट बाहिर निस्कन पाइने छैन । देशवासीको नाममा सम्बोधन गर्दै उहाँले कोरोना भाइरसको नयाँ लहर अनुसार सङ्क्रमण तीव्र गतिमा फैलिरहेकाले त्यसको नियन्त्रणका लागि सरकार सक्रिय भएर लागि परेको बताउनुभएको छ । दैनिक अभ्यास गर्न, अस्पताल जान, औषधि किन्न, घरेलु हिंसाविरुद्ध उजुरी दिनलगायत अति-आवश्यक कामका लागि मात्रै स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाएर घरबाट बाहिर निस्कन पाइने उहाँको भनाइ रहेको छ । 

बेलायतमा कोरोनाको नयाँ प्रकारको भाइरस देखा परेसँगै विभिन्न देशहरुले बेलायतसँगको हवाई उडानहरु स्थगित गरेका छन् । बेलायतसहित अरु थुप्रै देशहरुमा अहिले कोरोनाको नयाँ प्रकारको सङ्क्रमण देखा पर्न थालिसकेको छ । लकडाउन घोषणा भए पनि आजदेखि स्कुल, कलेज र विश्वविद्यालय खुलेका छन् ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया