मन्त्री जुलीलाई धनुषामा १०१ किलाेकाे माला !

 पुस २१, २०७७ मंगलबार १९:५:११ | धनवीर महतो
unn.prixa.net

महोत्तरी – पहिलो पटक मन्त्री बनेर गृह जिल्ला धनुषा आउनुभएकी महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोलाई एक सय एक किलोको माला लगाएर स्वागत गरिएको छ । मङ्गलबार गृह जिल्ला धनुषा आउनुभएकी मन्त्री महतोलाई जनकपुर विमानस्थलमा नेता कार्यकर्ताहरूले एक सय एक किलोको माला लगाएका हुन् । 

त्यस्तै मन्त्रीको स्वागतका लागि गाँउगाँउबाट बिहानैदेखि सवारीसाधनमा नेता कार्यकर्ताहरू जनकपुर पुगेका थिए ।

विमानस्थलबाट विगतमा नेकपा एमालेकोको चुनावी गीत घन्काउँदै निस्केको जुलुसमा कार्यकर्ताभन्दा पनि बढी गाडीको लर्को देखिएको थियो ।

नेकपा दुई खेमामा विभाजित भएपछि जुली महतो र उहाँका श्रीमान् धनुषा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य रघुवीर महासेठ प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा लाग्नु एको थियो । दुवै जना ओली पक्षमा लागेपछि जुलीलाई मन्त्री बनाइएको थियो । जुली आउँदाे चुनावमा धनुषा क्षेत्र नम्बर ३ बाट उठने चर्चा चलेको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया