युवा क्रिकेटर कुन्दन रहेनन्

 पुस २६, २०७७ आइतबार १५:५७:१८ | धनवीर महतो
unn.prixa.net

तस्बिर : क्यान

महोत्तरी – राष्ट्रिय क्रिकेट खेलाडी कुन्दन सिंहकाे आइतबार निधन भएकाे छ । दुवै मिर्गौला खराब भएर लामाे समयदेखि उपचाररत सिंहकाे २४ वर्षकाे उमेरमा निधन भएकाे हाे । 

महोत्तरीको जलेश्वर नगरपालिका फुलहट्टा घर भएका कुन्दनले आर्थिक अभावका कारण मिर्गाैला फेर्न सकेका थिएनन् ।

कुन्दनलाई सहयोग गर्न सरकारले चासो नदेखाएपछि जिल्ला क्रिकेट सङ्घ धनुषाका उपाध्यक्ष शोभाकान्त पाण्डेकाे अगुवाइमा जनकपुरमा ’कुन्दन बचाऊ अभियान’ समेत चलाएर झण्डै सात लाख रुपैयाँ सङ्कलन गरी उनकाे उपचारमा सहयोग गरिँदै आएकाे थियाे । 

नेपाल क्रिकेट सङ्घ (क्यान) ले पनि कुन्दनकाे निधनप्रति दुःख व्यक्त गरेकाे छ ।  

अन्तिम अपडेट: चैत १४, २०८०

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया