अहिलेको राजनीति इमानदारी र जनहितमा छैन : पूर्वराजा ज्ञानेन्द्र शाह

 पुस २७, २०७७ सोमबार ६:४५:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालको राष्ट्रिय अखण्डताका लागि एकताको गाँठो बलियो पार्नुपर्ने आवस्यकता औंल्याउनुभयो । 

पूर्वराजा शाहले अहिलेको नेपालको राजनीति इमानदारी र जनहितमा आधारित नभएको पनि दाबी गर्नुभयो । राजगद्दी त्यागेर आफूले उच्च साहस र इमानदारी दर्शाएको बताउँदै उहाँले अहिलेको व्यवस्थाप्रति असन्तुष्टि समेत जनाउनुभएको छ । 

पूर्वराजा शाहले देशको आवश्यकता र जनताको चाहना हुँदा शाहवंशीय राजाहरूले सक्रिय भूमिका निर्वाह गरेको दाबी गर्नुभयो । संवैधानिक राजतन्त्रको मर्यादाअनुरूप व्यवहार भएको र राजगद्दी त्याग्नेसम्मको उच्च साहस र इमानदारी पनि दर्शाएको जिकिर गर्नुभयो । अहिले देशले व्यहोरेको राजनीति क्षतिको समीक्षा गर्न विलम्ब भएको उहाँको भनाइ छ ।

पूर्वराजा शाहले परिवर्तनका नाममा आफ्नो इतिहास, सभ्यता, धर्म, संस्कृति र एकता भत्काउँदै बाह्य शक्ति बढाउने र इच्छा पूरा गर्ने अवाञ्छित क्रियाकलाप नेपालमा भित्रिएको आरोप लगाउनुभयो । पूर्वराजा शाहले हिजो पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा शुभकामना सन्देश दिँदै पृथ्वीनारायण शाहको मार्गदर्शन नेपालको अस्तित्व रक्षा, एकता र समृद्धि लक्षित भएको बताउनुभएको हो ।  

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया