तराईका विमानस्थलमा उडान हुन सकेन, आन्तरिक टर्मिनलमा थामिनसक्नुको भिड

 पुस २७, २०७७ सोमबार १४:९:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – खराब मौसमका कारण तराईका सबैजसो विमानस्थलमा हुने उडान प्रभावित भएको छ । हुस्सुका कारण विराटनगर, जनकपुर, सिमरा, भैरहवा र नेपालगञ्जका उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

काठमाण्डौबाट बिहान हुने २० वटाभन्दा धेरै उडानमा ढिलाइ भएको विमानस्थलले जनाएको छ । उडान नभएपछि त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनल भवनमा यात्रुको भिड रहेको छ ।  केहि उडान आजको लागि स्थगित नै भएका छन् ।

बुद्ध एअरले नेपालगञ्ज, सिमरा, भैरहवा र तुम्लिङटारका केही उडान स्थगित गरेको छ । यस्तै साैर्य एअरले भद्रपुर उडान स्थगित गरेकाे छ । यति एअरलाइन्सकाे सिमरा उडान पनि स्थगित भएकाे छ । 

अहिले कुहिराे खुल्दै गएकाले केही उडान हुन सक्ने विमानस्थलले जनाएको छ ।   

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया