स्वास्थ्य सेवा विभाग र अस्पतालका पाँच निर्देशकको जिम्मेवारी हेरफेर

 पुस २७, २०७७ सोमबार १६:२८:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – स्वास्थ्य सेवा विभाग र अस्पतालका पाँच निर्देशकको जिम्मेवारी हेरफेर भएको छ । 

कान्ति बाल अस्पतालका निर्देशक डाक्टर कृष्णप्रसाद पौडेललाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा ल्याइएको छ भने महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेलाई स्वास्थ्य मन्त्रालयमा तानिएको छ । कान्ति बाल अस्पतालको निर्देशकको जिम्मेवारी डाक्टर आरपी बिच्छालाई दिइएको छ । 

यस्तै, स्वास्थ्य सेवा विभाग उपचारात्मक महाशाखामा डा. मदन उपाध्यायलाई पठाइएको छ । डा. रमेश खरेललाई विभागअन्तर्गत रहने गरी जिम्मेवारी तोकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैबीच काठमाण्डाैको टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोरोनाबाहेकका सरुवा रोगका बिरामीलाई पनि भर्ना गरेर उपचार सेवा दिने भएको छ । आउँदो माघ १ गतेदेखि अन्य सरुवा रोगका बिरामीलाई पनि भर्ना गरी उपचार सेवा दिने अस्पतालका निर्देशक डाक्टर सागर राजभण्डारीले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया