ट्रम्पलाई हटाउन डेमोक्रेटिक पार्टीले प्रस्ताव पेस गर्‍यो

 पुष २७, २०७७ सोमबार २३:४६:११ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पदबाट हटाउन तल्लो सदनमा औपचारिक रूपमा प्रस्ताव प्रस्तुत भएको छ ।

डेमोक्रेटिक पार्टीले गएकाे हप्ताको हिंसालाई प्रोत्साहित गरेको आरोप लगाउँदै हाउस अफ रिप्रिजेन्टेटिभ्समा प्रस्ताव पेस गरेको हो । डेमोक्रेटहरूले अमेरिकी संसद्मा राखेको प्रस्तावमा डोनाल्ड ट्रम्पबाट राष्ट्रपतीय शक्ति खोस्न उपराष्ट्रपति माइक पेन्स र बाँकी मन्त्रिमण्डललाई आग्रह गरिएको छ ।

पेस भएको प्रस्तावमाथि तल्लो सदनमा आजै मतदान हुन सक्ने बीबीसीले जनाएको छ । योसँगै डोनाल्ड ट्रम्पमाथि दोश्रो पटक महाअभियोग लगाउने औपचारिक सुरुवात भएको छ ।

तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले ट्रम्पका कारण अमेरिकी प्रजातन्त्र र संविधानमाथि तत्काल खतरा बताउनुभएको बीबीसीले जनाएको छ । अबको आठ दिनपछि चार वर्षे कार्यकाल पूरा गर्दै गरेका ट्रम्पलाई पदावधि सकिनु अघि नै राष्ट्रपति भवनबाट निकाल्न डेमोक्रेटिक पार्टीको योजना छ ।

ट्रम्पलाई निकाल्न पहिलो प्रयास अमेरिकी संविधानको व्यवस्थाअनुसार ट्रम्पलाई पदमुक्त गर्न उपराष्ट्रपति पेन्सलाई तयार गर्ने देखिन्छ । यो प्रयास सफल नभएमा मतदानबाट प्रस्ताव स्वीकृत गरी महाअभियोगको प्रक्रिया सुरु हुने छ ।

महाभियोग विधेयकका प्रस्तावकहरूले तल्लो सदनबाट पारित गर्न आफूहरूसँग आवश्यक सांसद सङ्ख्या रहेको बताएका छन् । तल्लो सदनबाट ट्रम्पमाथि महाभियोग लगाइएमा उहाँलाई दोषी ठहर्याउने या नठहर्याउने भन्ने विषयमा माथिल्लो सदन सिनेटमा सुनुवाइ हुनेछ । त्यहाँबाट पारित हुन दुई तिहाई मत आवश्यक हुन्छ ।  

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया