१० वर्ष लगाएर बनाएकाे संविधान प्रधानमन्त्रीले अपहरण गर्नुभयाे : गगन थापा

 पुस २९, २०७७ बुधबार १९:३३:४ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही – नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गगनकुमार थापाले नगरिकबाट प्राप्त लोकतान्त्रिक उपलब्धिलाई संस्थागत गर्नुको साटो प्रधानमन्त्री केपी शर्मा ओलीले अपहरण गरेको बताउनुभयो । 

बुधबार सर्लाहीको लालबन्दीमा नेपाली कांग्रेसले आयोजना गरेको विरोध सभालाई सम्बाेधन गर्दै नेता थापाले १० वर्ष लगाएर बनाएको संविधानलाई प्रधानमन्त्री ओलीले अपहरण गरेकाले अदालतले संविधानको संरक्षण गर्ने बताउनुभयो । 

प्रधानमन्त्री ओलीको गतल कमदलाई सच्याएर अदालतले ठिक ठाउँमा ल्याउने र प्रतिनिधि सभा पुनर्स्थापनाकाे पक्षमा निर्णय गर्ने उहाँको भनाइ छ । न्यायालय र न्यायाधीशहरूलाई विभिन्न बहानामा धम्काउने काम तत्काल बन्द गर्न प्रधानमन्त्री ओलीलाई नेता थापाले चेतावनी दिनुभयो ।

प्रधानमन्त्री ओली सङ्घीयता पक्षधर नभएकाले जुनसुकै बेला पनि प्रदेश, पालिका र संविधान खारेज गर्न सक्ने भएकाले सजग भएर बस्न उहाँले कार्यकर्तालाई आह्वान गर्नुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीलाई बालुवाटारको इसारामा नभइ संविधान धारा र उपधाराअनुसार अघि बढ्न पनि उहाँले सुझाव दिनुभयो ।

नेपाली नागरिककाे ठूलो बलिदानीबाट प्राप्त भएको संविधानको रक्षा गर्न र प्रधानमन्त्री ओलीको असंवैधानिक कदमको विरोध गर्न गाउँगाउँका सबै नागरिकलाई प्रष्ट पार्नुपर्ने नेता थापाले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया