काठमाण्डौको भद्रकालीमा बस पल्टिँदा दुई जना घाइते

 माघ १, २०७७ बिहिबार १०:१०:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौको भद्रकालीमा बस दुर्घटना भएको छ ।

बा ३ ख ४४३७ नम्बरको एक यात्रुवाहक बस भद्रकालीको आकासे पुल नजिकै सडकमै पल्टिएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाकाअनुसार बसमा तीन जना मात्रै थिए । दुर्घटनामा चालकसहित एक बच्चा घाइते छन् । घाइतेको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

बसमा रहेका अर्का एक व्यक्ति भने सम्पर्कमा नभएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया