भद्रपुर र लुक्लामा उडान सुरु : सिमरा - भोजपुर र भैरहवामा स्थगित

 माघ २, २०७७ शुक्रबार १०:४८:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मौसम खुल्दै गएका ठाउँमा उडान सुरु हुन थालेको छ । बाक्लो हुस्सु र कुहिरोका कारण बिहान देशभरका आन्तरिक उडान ठप्प भएको थियो ।

बाक्लो हुस्सु र कुहिरो हटेपछि भद्रपुर, धनगढी र लुक्लाका लागि उडान भएको छ । सुर्खेतमा उडानको तयारी भइरहेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । पोखरा, दाङ, विराटनगर, नेपालगन्ज, भरतपुर, जनकपुरमा भने उडानमा ढिलाइ भइरहेको छ ।

उडानमा ढिलाइ भएपछि त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनल भवनमा यात्रुको भीड बढेको छ । यस्तै, खराब मौसमका कारण केही उडान भने स्थगित भएका छन्  । बुद्ध एयरको सिमरा, नेपाल एयरलाइन्सको भोजपुर र सौर्य एयरको भैरहवाको उडान स्थगित भएका छन्  ।

बाक्लो हुस्सुले आन्तरिक उडान प्रभावित भए पनि अन्तर्राष्ट्रिय उडान भने सामान्य रहेको विमानस्थल कार्यालयले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया