नाइजरबाट आफ्ना सेना फिर्ता गर्न थाल्ने अमेरिकाको प्रतिबद्धता
बैशाख ८, २०८१ शनिबार
काठमाण्डाै – काठमाण्डौको कमलपोखरीमा पुरातात्विक महत्त्व मासेर पुनर्निर्माण गरिएको भन्दै स्थानीयवासीले विरोध गरेका छन् । कमलपोखरीको पुरातात्विक महत्त्व मासेर पुनर्निर्माणको काम गरिएको भन्दै स्थानीयले शुक्रबार विरोध गरेका हुन् ।
कमलपोखरीको पुनर्निर्माणमा ढिलाइ भएको तथा यसको महत्त्वलाई नै मास्ने गरी ढुङ्गा, कङ्क्रिटकाे प्रयोग गरेका कारण विरोधमा उत्रनुपरेको कमलपोखरी संरक्षण समाजका महासचिव राजेन्द्र सिंहले बताउनुभयो । पहिले देखाइएको डिजाइनभन्दा फरक किसिमले निर्माण कार्य भइरहेको र सम्पदामाथि नै अतिक्रमण गरिएको विरोधमा सहभागी भएकाे माधवदेव पन्तले बताउनुभयो ।
ठेकेदार कम्पनीले आवश्यकताभन्दा कम जनशक्ति राखेर काम गरेकाले काममा ढिलाइ भइरहेको काठमाण्डौ महानगरपालिका ३१ का वडा सदस्य राजकुमार श्रेष्ठले बताउनुभयो । कमलपोखरीको स्रोत नै सुकेर जाने तथा पहिलेको कमलपोखरीको अवस्था नरहने चिन्ताका कारण स्थानीयले विरोध गरिरहेको पनि उहाँको भनाइ छ ।
काठमाण्डौ महानगरपालिकाले कमलपोखरीको पुनर्निर्माण गरिरहेको छ । पुरानो ऐतिहासिकतालाई जोगाउँदै पुनर्निर्माण गर्ने महानगरपालिकाले बताउँदै आए पनि स्थानीय र सम्पदा संरक्षणमा जुटेका अभियन्ताले भने त्यसकाे विपरीत भएकाे भन्दै विरोध जनाउँदै आएका छन् ।