तराईमा हुस्सु : तीन प्रदेशका पहाडी क्षेत्रमा मौसम बद्ली

 माघ ४, २०७७ आइतबार ७:२७:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - अहिले प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बादल लागेको छ भने तराईमा हुस्सु तथा कुहिरो लागेको छ । 

उत्तरी बङ्गलादेश र आसपासमा बनेको न्यूनचापीय प्रणालीको सामान्य प्रभावका कारण मौसम बद्ली भएको मौसमविद् निराजन सापकोटाले बताउनुभयो ।

अहिले तराईमा लागेको बाक्लो हुस्सु दिउँसोपखबाट हट्ने उहाँले बताउनुभयो । आज बेलुकी पनि पूर्वका पहाडी क्षेत्रमा बद्ली हुने र भोलि बेलुकीपख केही ठाउँमा सामान्य वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानूमान् महाशाखाले जनाएको छ । 

यसैबीच आज बिहान काठमाण्डौको न्यूनतम तापक्रम आठ दशमलव आठ डिग्री सेल्सियस मापन गरिएको छ । राति बादल लागेकोले न्यूनतम तापक्रम बढेको र केही न्यानो भएको मौसमविद् निराजन सापकोटाले बताउनुभयो । 

काठमाण्डौमा आज अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियस हुने अनुमान गरिएको छ । अहिले सामान्य बद्ली रहेको काठमाण्डौ उपत्यकामा दिउँसो घाम लाग्ने मौसम पूर्वानूमाान् महाशाखाले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया