निर्वाचन आयोग र राजनीतिक दलका प्रतिनिधिबीच छलफल

मतदाता नामावली र आउँदो चुनावको तयारीबारे कुराकानी

 माघ ४, २०७७ आइतबार १५:१७:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – निर्वाचन आयोगले चुनावको तयारीबारे राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गरेको छ । काठमाण्डौको कान्तिपथमा रहेको आफ्नै कार्यालयमा बोलाएर आयोगले आउँदो चुनाव, मतदाता नामावली, मतदान स्थल तथा मतदान केन्द्रका विषयमा छलफल गरेको हो । 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै समूह, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), नेकपा मालेलगायतका दललाई बोलाएर आयोगले आइतबार छलफल गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

आउँदो वैशाख १७ र २७ गते मध्यावधिक चुनाव गर्ने घोषणासहित प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधि सभा विघटनको घोषणा गरेलगत्तै आयोग चुनावको तयारीमा लागेको छ । 

नेकपाको प्रधानमन्त्री ओली समूहबाहेक अरू पक्षले भने अहिले नै चुनाव गर्नुको औचित्य नरहने भन्दै प्रतिनिधि सभा पुनर्स्थापनाकाे माग गरेका छन् । प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्न पाउने व्यवस्था नयाँ संविधानले नगरेको उनीहरूको भनाइ छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया