शीतलहरका कारण महोत्तरीकाे दुई पालिकाका विद्यालयमा बिदा

 माघ ४, २०७७ आइतबार १७:१८:२८ | धनवीर महतो
unn.prixa.net

महोत्तरी – हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि महोत्तरीका दुई पालिकाले सामुदायिक विद्यालयहरूमा जाडाे बिदा दिएकाे छ । गौशाला नगरपालिका र रामगोपालपुर नगरपालिकाले आउँदाे शुक्रबारसम्मका लागि सामुदायिक विद्यालयहरूमा बिदा दिएकाे हाे । 

अत्यधिक मात्रामा चिसो बढेर मौसम प्रतिकूल हुँदा विद्यालय जान बालबालिकालाई कठिन भएपछि शुक्रबारसम्मका लागि बिदा दिइएको गौशाला नगरपालिकाकाे शिक्षा शाखाका पुरुषोतम अधिकारीले बताउनुभयाे । 

त्यस्तै रामगोपालपुरका निमित्त प्रमुख प्रशासकीय अधिकृत धीरेन्द्रलाल कर्णले नगरभरिका सामुदायिक विद्यालयहरूमा वर्षे र हिउँदे बिदाबाट कट्टा हुने गरि जाडो बिदा दिइएकाे जानकारी दिनुभयाे ।  

अन्तिम अपडेट: चैत १४, २०८०

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया