काेराेनाका सक्रिय सङ्क्रमितकाे सङ्ख्या ४ हजारभन्दा कम

 माघ ४, २०७७ आइतबार १७:५४:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा सक्रिय सङ्क्रिमतकाे सङ्ख्या चार हजारभन्दा कममा झरेकाे छ । पछिल्लाे २४ घण्टामा चार सय जना उपचारपछि डिस्चार्ज भएसँगै सक्रिय सङ्क्रमितकाे सङ्ख्या तीन हजार नाै सय १९ मा झरेकाे हाे । 

पछिल्लाे २४ घण्टामा चार सय जना डिस्चार्ज भएसँगै काेराेना सङ्क्रमणपछि निकाे हुनेकाे सङ्ख्या दुई लाख ६१ हजार चार सय ४४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप दुई सय ६६ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । तीन हजार पाँच सय आठ जनाको पीसीआर परीक्षण गर्दा दुई सय ६६ जनामा कोरोना पुष्टि भएको हाे । योसँगै कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ६७ हजार तीन सय २२ पुगेको छ ।

यस्तै पछिल्लाे २४ घण्टामा पाँच जना कोरोना सङ्क्रमितको ज्यान गएसँगै सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार नाै सय ५९ पुगेको छ । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया