प्रधानमन्त्रीको हैसियतमा गरेका कामको जबाफदेहिता लिन तयार छु : ओली

 माघ ४, २०७७ आइतबार १८:१६:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले प्रधानमन्त्रीको हैसियतमा गरेका कामहरूको जबाफदेहिता लिन तयार रहेको बताउनुभएको छ ।

आइतबार अखिल नेपाल महिला सङ्घको काठमाण्डाैमा आयोजित केन्द्रीय कमिटीको दोस्रो बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीको हैसियतमा गरेका कामहरूको जबाफदेहिता लिन तयार रहेको बताउनुभएको हो ।

आफूले संविधान सम्मत तथा कानुन सम्मत काम गरेकाले जबाफदेहिता लिने उहाँको भनाइ छ । आफूले गरेका काम लोकतन्त्र, गणतन्त्र तथा राष्ट्रको सार्वभौमसत्ताको पक्षमा रहेको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षले स्वतन्त्र न्यायपालिकाको मर्यादामाथि आक्रमण गर्ने तथा हुर्मत लिने काम गरेको बताउनुभयो । निर्वाचन आयोगलाई निर्वाचन नगर्न आग्रह गरेर लोकतान्त्रिक अभ्यास र संविधान कार्यान्वयनको विपरीत लागेको उहाँको भनाइ छ ।

उहाँले पार्टी विभिन्न गुट उपगुटमा विभक्त भएकाले एकीकरण प्रक्रिया सम्पन्न हुन नसकेको बताउनुभयो । विगत तीन वर्षको अवधिमा पार्टीको नीति, उद्देश्य, गन्तव्य केही नभएको उहाँको भनाइ छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया