भाेलि प्रदेश २ मा सार्वजनिक बिदा

 माघ ४, २०७७ आइतबार १९:२९:४१ | धनवीर महतो
unn.prixa.net

महाेत्तरी – प्रदेश नम्बर २ काे सरकारले साेमबार प्रदेशमा सार्वजनिक बिदा दिएकाे छ । साेमबार बलिदानी दिवसकाे अवसरमा प्रदेशभर बिदा दिइएकाे मुख्यमन्त्रीकाे सञ्चार सचिवालयले जनाएकाे छ । 

मधेश आन्दोलनका क्रममा शहादत प्राप्त गरेका सहिदहरूकाे सम्झनामा प्रत्येक वर्ष माघ ५ गतेका दिन बलिदानी दिवस मनाइन्छ ।

बलिदानी दिवस सिरहाको लहानका मधेश आन्दोलनका प्रथम सहिद रमेश महतोको सम्झनामा मनाइँदै आइएकाे छ । यस वर्ष भने प्रदेश २ का विभिन्न ठाउँमा दिवस मनाइने बताइएकाे छ ।  

अन्तिम अपडेट: बैशाख ७, २०८१

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया