खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा घाइते भएकामध्ये एक जनाकाे ज्यान गयाे

 माघ ७, २०७७ बुधबार १०:३२:३ | हेमराज शर्मा
unn.prixa.net

दाङ – खाना पकाउने ग्यास सिलिण्डर लिक भैइ आगलागी हुँदा गम्भीर घाइते भएका दाङको  तुलसीपुर उपमहानगरपालिका–१७ वनकट्टाका ४० वर्षका वसन्त वलीको ज्यान गएको छ । 

उपचारका क्रममा गएराति वलिको ज्यान गएको पारिवारिक स्रोतले जनाएको छ । माघ १ गते सिलिण्डर ग्यास लिक भएर आगलागी हुँदा वली र उहाँकी श्रीमती ३५ वर्षीया गीता वली गम्भीर घाइते हुनु भएको थियो।

दुवै जनाकाे कीर्तिपुर बर्निङहर्ट अस्पतालमा उपचार भइरहेको थियो । तर उपचारको क्रममा वसन्तको मंगलबार राती ज्यान गएको उहाँको पारिवारिक श्रोतले जानकारी दिएको छ । गीताको भने त्यही अस्पतालमा उपचार भइरहेको छ ।

कुखुराका बच्चा निकाल्न तापक्रम दिनका लागि ग्यास बाल्ने क्रममा अचानक ग्यास  लिक भएर आगलागी भएको थियो । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया